भवन निर्माण मापदण्ड
नेपालको प्रायजस्तो नगरपालिकहरुमा यस्तै मापदण्ड छ। कुनै बुँदाहरु तल माथि होलान।
नगरपालिकाको भौतिक पूर्वाधार विकास तथा निर्माण सम्बन्धी विनियम- २०५७ तथा न.पा को भवन निर्माण
सम्बन्धी निर्णयहरुको
एकिकृत दस्तावेज २०७७
प्रस्तावना
१ .नाम र प्रारम्भ :
(क) यो एकिकृत दस्तावेज यस नगरपालिका सिमाना भित्र लागू हुनेछ ।
(ख) यो एकिकृत नगरपालिका सिमाना भित्र लागू हुनेछ ।
(ग) यो एकिकृत नगर परिषदबाट पारित भएको मितिदेखि लागू हुनेछ।
(घ) यस दस्तावेजको अनूसूचीमा संलग्न निर्णय, निति नियमहरु भौत्तक पूर्वाधार विकास तथा निर्माण सम्बन्धी
विनियम २०५७ मापदण्ड को सम्बन्धी दफा, बुंदाहरुमा समायोजन गरि सकिएकाले यी अनुसूचीहरु यस न.पा. बाट विभिन्न समयमा भएका निर्णयहरु जानकारीका लागि मात्र संलग्न भएको व्यहोरा अनुरोध छ ।
२. परिभाषा :
विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस विनियममा,
“विनियम” भन्नाले यस नगरपालिकाको भौतिक पूर्वाधार विकास तथा निर्माण सम्बन्धी विनियम २०५७ लाई जनाउनेछ।
“स्थानिय तह ” भन्नाले यस स्थानिय सरकार नगरपालिकालाई जनाउनेछ ।
“क्षेत्र” भन्नाले यस नगरपालिकाको सिमाना भित्रको भू-भागलाई यो विनियम कार्यान्वयनको प्रयोजनमा नक्शाङ्कन गरी भू-उपयोगको उद्देश्यले भू-विभाजन गरी तोकिएको क्षेत्रलाई जनाउनेछ ।
“निर्माण” भन्नाले जग्गा जमिनमा बन्ने स्थायी, अस्थायी जुनसुकै किसिमको भवन तथा भवनको उपयोगको निमित्त बन्ने बनाउने शौचालय, स्नान घर, टहरा, पम्प, ढल, सेप्टी पर्खाल आदि समेतलाई जनाउनेछ ।
“सडक” भन्नाले नगर सिमाना भित्रको सबै किसिमको बाटोलाई जनाउनेछ ।
“स्वीकृति” भन्नाले सम्बन्धित विषयमा तोकिएका अधिकारीद्वारा दिइने लिखित सहमतिलाई जनाउनेछ ।
भवन” भन्नाले घर,टहरा तवेला, ग्यारेज, शौचालय, स्नानघर समेतलाई जनाउनेछ ।
“प्लट” भन्नाले निर्माणको निमित्त प्रस्तावित जग्गाको कुल क्षेत्रफल जग्गालाई जनाउनेछ ।
“निर्माणस्थल” भन्नाले भवन तथा पर्खाल आदि निर्माण गर्न प्रस्तावित भू-भाग समेतलाई जनाउनेछ ।
“ग्राउण्ड कभरेज” भन्नाले निर्माण हुने भवनले ओगट्ने जग्गाको भू-भागलाई जनाउनेछ ।
“सडक अधिकार क्षेत्र” भन्नाले ऐन, नियम तथा स्वीकृत मापदण्डले तोकेको सडकको चौडाइलाई जनाउँदछ ।
“सेट व्याक” भन्नाले आफुले आफ्नो जग्गामा भवन बनाउँदा साँधसिमाना, सार्वजनिक सम्पत्ति र सडक अधिकार क्षेत्रबाट छाड्नु पर्ने न्यूनतम दुरीलाई जनाउँदछ ।
“खुल्ला क्षेत्र” भन्नाले बस्ती विकास क्षेत्रमा जमिन भित्र अत्यावश्यक सार्वजनिक पूर्वाधार सेवा विस्तार गर्न वाहेक कुनै भोत्तिक संरचना निर्माण गर्न निशेध गरिएको क्षेत्रलाई जनाउँदछ । यसमा स्थानीय निकायले कुनै संरचना निर्माण गर्न नपाउने गरी खुल्ला क्षेत्र भनि घोषणा गरेका सार्वजनिक, पर्ति, ऐलानि आदि जमिनलाई समेत जनाउँदछ।
“टाँसिएको भवन” भन्नाले जग्गाको साँधसिमानामा टाँसेर बनाउने प्रस्ताव गरिएको वा भवनलाई जनाउँदछ ।
“जोडिएका भवन” भन्नाले वेग्लावेग्लै स्वामित्व भएको एक आपसमा भारवहक अंगहरु संयूक्त रुपमा निर्माण भएको भवनहरुलाई जनाउँदछ।
“आंशिक निर्माण सम्पन्न” भन्नाले उपयोग गर्न मिल्ने गरी न्यूनतम १ तल्ला निर्माण भएको भवनलाई जनाउँदछ ।
“नगरपालिका” यस मापदण्डको प्रयोजनका लागि नगरपालिका भन्नाले महानगरपालिका, उपमहानगरपालिका समेतलाई जनाउँदछ।
“स्थानीय निकाय” यस आधारभूत निर्माण मार्गदर्शन प्रयोजनका लागि स्थानीय निकाय भन्नाले नगरपालिका, उपमहानगरपालिका, महानगरपालिका र गाउँ विकास समिति जनाउँदछ ।
“शहरी विकास कार्यालय” भन्नाले सम्बन्धित जिल्ला हेर्ने शहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालयलाई जनाउँदछ।
“तोकिएको प्राविधिक समिति” भन्नाले स्थानीय निकायका प्रमुखको संयाजकत्वम निजले तोकेको सम्बन्धित विभाग वा शाखाको ईन्जिनियर, शहरी विकास तथा भवन निर्माण विभाग र जिल्ला प्राविधिक कार्यालयको प्रतिनिधि, नापी अधिकृत तथा आमन्त्रित विशेषज्ञहरु सहितको समितिलाई जनाउँदछ।
“नियन्त्रित भौत्तिक योजना” भन्नाले नियन्त्रित रुपमा मात्र प्रयोग हुने, साँधसिमानालाई पर्खाल लगाएर सुरक्षित गरिएको भौत्तिक योजनालाई जनाउँदछ।
“सार्वजनिक भौत्तिक योजना” भन्नाले केही स्वामित्वकर्ताहरुले आफ्नो लगानिमा विकास गरेका तर तिनका सडक, खुल्ला क्षेत्र आदि सार्वजनिक प्रयोगको लागि समेत खुल्ला गरिएको भौत्तिक योजनालाई जनाउँदछ ।
“भौत्तिक मैत्री स्थानीय शासनको प्रारुप” भन्नाले नेपाल सरकारले २०७०।६।२३ मा स्वीकृत गरेको वातावरण मैत्री स्थानीय शासन प्रारुप, २०७० (Environment Friendly Local Governance Framework 2013) लाई जनाउँदछ।
Basement” (वेस्मेन्ट) भवनको प्लीन्थ उचाई भन्दा मुनी पाकिङ्ग प्रयोजनको लागि एउटा अतिरिक्त वेसमेण्ट निर्माण गर्न सकिने छ । त्यस्तो तल्लाको उचाई न्यूनतम २.७० र प्रवेश ऱ्याप द्धार आफ्नै जग्गामा हुनु पर्नेछ ।
साथै द्यबकझभलत “भूमिगत तल्ला” भन्नाले चारै तर्फको जमिन सतहवाट पुरै तल्ला जमिन मुनी वा १.० मिटर मात्र माथी वनाईएको भवनको सवभन्दा तल्लो भाग सम्झनु पर्दछ । (१६ औं नगर परिषद निर्णय नं. १३ ज)
आधारभूत मार्गदर्शन २०७२ : भन्नाले नेपाल सरकार संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयद्धारा जारी बस्ती विकास शहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत मार्गदर्शन २०७२ भन्ने बुझिन्छ ।
शहरी विकास मापदण्ड २०७२ : भन्नाले शहरी विकास मन्त्रालयबाट जारी नेपाल सरकार मन्त्रि परिषदबाट स्वीकृत बस्ती विकास शहरी योजना तथा भवन निर्माण सम्बन्धी मापदण्ड २०७२ वुझिन्छ ।
भवनको वर्गिकरण
क वर्गका भवन : भन्नाले भवन ऐन २०५५ को दफा ८ क अनुसारको अत्याधुनिक प्रविधि अपनाई हुने वा भएका
भवनहरुलाई जनाउँदछ।
ख वर्गका भवन : भन्नाले भवन ऐन५ २०५५ को दफा (ख) अनुसारको भुंइ तलाको क्षेत्रफल फिट भन्दा बढी, ३
तला भन्दा अग्ला वा क्तचगअतगचर्चा क्उबल ४.५ मिटर भन्दा बढी भएका भवनहरुलाई जनाउँदछ।
ग वर्गका भवन : भन्नाले भवन ऐन २०५५ को दफा ८-ग अनुसारको भुंइ तलाको क्षेत्रफल १००० वर्ग फिट सम्म
र उचाई ३ तल्ला सम्म वा क्तचगअतगची क्उबल ४.५ मिटर भन्दा कम भएका भवनहरुलाई जनाउँदछ।
घ वर्गका भवन : भन्नाले भवन ऐन २०५५ को दफा ८ घ अनुसारको क, ख, र ग वर्गमा नपरेका ईटा, ढुंगा, माटो,
बाँस, खर, आदि प्रयोग गरी निर्माण भएको अधिकतम दुई तले भवन लाई जनाउँदछ।
परिच्छेद- २
निर्माण स्थल सम्बन्धी आधारभूत व्यवस्था)
३. निर्माणस्थलको स्वामित्व विवाद रहित हुनुपर्ने : निर्माणस्थलको जग्गा निर्माणकर्ताको स्वामित्व विवाद रहित
हुनु पर्दछ।
४. नक्शा र स्वीकृति : निर्माण गरिने भवनको नक्शा यस विनियमको परिच्छेद ३ मा निर्धारित व्यवस्था अनुरुपको
हुनुपर्नेछ । निर्माण कार्यको स्वीकृति दिने नदिने बारे यसै विनियमको अधिनमा रहि सोही परिच्छेदमा तोकिएको व्यवस्था लागू हुनेछ।
५. पहंच मार्ग :
(१) मुख्य बाटोबाट निर्माणस्थलसम्मको पहुंच मार्ग (सहायक वाटो) देहाए बमोजिम हुनुपर्नेछ ।
(क) आवासीय भवन निर्माणस्थलसम्म पुग्नको लागि देहाए बमोजिमको लम्बाई सम्मको पहुंच मार्गको चौडाई
देहाए बमोजिम हुनुपर्नेछ। लम्वाई
चौडाई
५० मी. देखि मथि १०० मी. सम्म
४.० मी. ६.० मी.
१०० मी. देखि माथि १००० मी. सम्म
१००० मी. देखि माथि २००० मी.सम्म
८.० मी.
२००० मी. देखि माथि
११. ० मी.
१०० मी. सम्मको नयाँ खालिने बाटो ४ मिटर कायम गरिनेछ (आधारभूत मार्गदर्शन २०७२ जारी मि. पछि) १०० मी. भन्दा माथि का बाटो न्यूनतम ६ मी. यो मापदण्ड लागु हुन अगावै कायम रहेका र स्वीकृति प्राप्त गरी भवनहरु निर्माण भईसकेका ५० मि. भन्दा छोटा बाटो (Cul-de-Sac/dead-end) को क्षेत्रअधिकार सो बाटोको केन्द्ररेखाबाट न्यूनतम १.५ मि. कायम गरिनेछ।
(ख) अन्य निर्माणस्थलहरु जस्तै व्यापारिक,औद्यौगिक, संस्थागत आदिका लागि देहाए बमोजिमको लम्वाईसम्मको
पहुंच मार्गको चौडाई देहाए बमोजिम हुनुपर्नेछ ।
लम्वाई
चौडाई
२०० मी. सम्म
८.० मी.
२०० मी. देखि माथि ४०० मी. सम्म
११. ० मी.
४०० मी. देखि माथि ६०० मी. सम्म
१४ .० मी.
६०० मी. भन्दा माथि
२२.० मी.
(२) उप-विनियम (१) बमोजिमको पहुंच मार्गमा बाधा पर्ने गरी भवन निर्माण गर्न पाईने छैन ।
(३) उप-विनियम १ (क) र (ख) को व्यवस्था परम्परागत आवास क्षेत्रमा लागू हुने छैन ।
६. भवन निर्माण स्थलको न्यूनतम क्षेत्रफल : भवन निर्माणको लागि सामान्यत निर्माण स्थलको जग्गाको
न्यूनतम क्षेत्रफल ०-२-२-० र चौडाई ६.० मी. हुनुपर्नेछ । तर परम्परागत आवास क्षेत्र र यो विनियम लागू हुनुभन्दा पहिला कायम भएका कित्ता जग्गाको हकमा यो व्यवस्था लागु हुने छैन।
७. ढल निकास : निर्माणस्थल वर्षातको पानी र ढल निकासको आवश्यक व्यवस्था गर्न उपयुक्त हुनुपर्नेछ ।
८. निर्माण स्थलको स्थिरता : निर्माण स्थल पहिरो नजाने गरी सुरक्षित भएको हुनुपर्छ ।
९. माटो परीक्षण :
९.१ भवन ऐन २०५५ को दफा ८ अनुसारका (ख) वर्गका पाँच तल्ला भन्दा अग्ला सबै भवन र कुनै पनि सर्वसाधारण
भेला हुने सपिङ मल, सुपरमार्केट, स्कुल, कलेज, अस्पताल, नसिनहोम, पोलिक्लिनिक आदिको भवन लगायत १५ मिटर भन्दा अग्ला भवनहरुको हकमा माटो परीक्षण गरी पेश गर्नु पर्ने दशहजार वर्ग फिट भन्दा माथिका भवनहरुको भौगर्भिक परिक्षण गर्नु पर्नेछ । माटो परिक्षण नगरी निर्माण भएका उक्त वर्गका भवनहरुमा सम्बन्धित नगरपालिका ले उक्त भवनमा जडान भएको विद्युत, खानेपानी, टेलिफोन आदि उपयोगिताहरु काट्न सम्बन्धित निकायलाई लेखी पठाउनेछ ।
९.२ प्रचलित कानूनको परिधिभित्र रही सहरी विकास मन्त्रालय वा खानी तथा भूगर्भ विभागले माटो तथा भौगर्भिक
परिक्षण गरी तोकेको स्थानमा मात्र पाँच तलाभन्दा बढी वा १७ मिटर भन्दा अग्ला संरचना निर्माण गर्न अनुमति प्रदान गर्न सकिनेछ । यी आधिकारिक निकायहरुबाट अग्ला संरचना निर्माण गर्न सकिने स्थान नतोकिए सम्म १७ मिटर भन्दा अग्ला भवनको नक्सा पास हुने छैन साथै खानी तथा भूगर्म विभागले नेपाल राजपत्रमा प्रकाशित गरी निषेध गरेका क्षेत्रमा भवन निर्माण गर्ने पाईने छैन ।
१०. निर्माण स्थलको पूर्वाधार र उपयोगिता :
(१) भवन निर्माण स्थल विजुली, टेलिफोन, खानेपानी, आकस्मिक सवारी साधन, फोहर मैला तथा ढल निकास
जस्ता पूर्वाधार विकासका लागि उपयुक्त हुनुपर्नेछ ।
(२) निर्माण स्थल पानी ट्याङ्की, जलाशय, प्राकृतिक झरना , पानीको मुहान वा प्राकृतिक ढलको ५ मी. को
दुरीमा हुनुपर्नेछ । यसै गरी भवन निर्माण गर्दा पानीका पाईपहरु, ढलका पाईपहरु तथा भूमिगत पानीको श्रोतहरुलाई प्रतिकूल प्रभाव नपर्ने गरी उचित प्रबन्ध मिलाएको हुनुपर्नेछ ।
११. भवन निर्माण स्थलको खुल्ला भाग : भवन निर्माण गर्दा खुल्ला छाडिने भाग प्रत्येक प्लटका लागि छुट्टा छुट्टै
हुनुपर्नेछ । एक प्लटको खुल्ला भाग अर्को प्लटमा समावेश गरिने छैन् ।
१२. अन्य शर्तहरु पालना गर्नुपर्ने :
(१) व्यवसायिक भवन , मनोरन्जन स्थल, सभागृह , पेट्रोल पम्प, वधशाला जस्ता भवनहरु निर्माण गर्दा प्रचलित
कानून तथा सरकारी नीति समेत पालना गर्नुपर्नेछ ।
(२) सुरक्षा सम्बन्धी निर्धारित उपायहरु कडाइका साथ अवलम्वन नगरिएमा व्यावसायिक तालिम केन्द्र , शैक्षिक
संस्था तथा अनाथालय संचालन गर्ने भवन निर्माण र संचालन गर्न अनुमति दिईने छैन् ।
१३. प्लट विभाजन : सरकारी, गैर सरकारी संस्था, कुनै व्यक्ति वा समूहद्धारा यस न.पा. अन्गर्ततको भू-भागलाई
भवन निर्माण स्थलको रुपमा प्लट विभाजन गर्दा देहाय अनुसार हुनुपर्नेछ ।
(क) प्लट विभाजन गर्दा पहुच मार्गको चौडाई कम्तीमा ८ मिटरको हुनुपर्ने र अन्य भित्रि सडकहरु (प्लटको आन्तरिक
मार्ग) कम्तीमा ६ मिटर हुनुपर्दछ । तर अंश बन्डा प्रयोजनका लागि कित्ताकाट गर्दा ५० मि. भन्दा कम बाटोहरु हकमा बाटोको केन्द्ररेखाबाट न्यूनतम १.५ मि. कायम गरिनेछ । तर न.पा. को मापदण्डमा मूल सडकको चौडाई न्यूनतम ६ मि. भएको खण्डमा ६ मि. भन्दा कम पहुच मार्ग राख्न पाइने छैन ।
(ख) मुख्य प्लट तथा उप विभाजन गरेर बनेको हरेक प्लटमा “क” बमोजिमको पहुँच मार्ग (बाटो) हुनुपर्नेछ । बाटो
सकिएको पुछारको भागलाई मुख्य बाटोसंग ओरालो भएर १ : १०० को स्लोपमा जोडिनु पर्दछ ।
(ग) १ रोपनी भन्दा बढी क्षेत्रफल भएको मुख्य प्लटको उपविभाजन गर्दा बाटोको लागि छुट्याईएको भाग बाहेक
देहाय बमोजिमका भागहरु सार्वजनिक सुविधाका लागि खुल्ला क्षेत्रको रुपमा छाड्नु पर्नेछ ।
• १ देखि ४ रोपनीसम्मको जग्गाको ३ प्रतिशत भाग • ४ रोपनी भन्दा माथिको हकमा कम्तीमा ५प्रतिशत हुनुपर्ने
१४. जल भण्डार संरक्षण सम्बन्धी व्यवस्था :
(१) नगरपालिकाले तोकेको कुनै पनि ताल , पोखरी , पानीको भण्डार, खोलानाला, झरना , नहर र पानीको कुनै पनि
श्रोतलाई पुर्न पाईने छैन र यस्ता जलभण्डारको ५ मी. भित्रको क्षेत्रमा भवन निर्माण गर्न दिईने छैन तर परंम्परागत आवास क्षेत्रमा पुरानो निर्माण भै सकेको ठाउँमा यो व्यवस्था लागू हुने छैन ।
(२) उप-विनियम (१) मा उल्लेखित जलभण्डारको ३० मी. क्षेत्र भित्र भवन निर्माण गर्दा त्यस्ता जलभण्डारको सुरक्षाका
लागि उचित प्रवन्ध मिलाइएको हुनुपर्नेछ ।
१५. भवन निर्माणमा प्रतिवन्ध लगाउन सकिने : ढुङ्गा र वालुवा खानी भएको ठाउं वा पटक पटक विष्फोटक
गरिएको ठाउं वा खाडल खनी माटोले पुरिएको ठाउंमा माटो परीक्षणद्वारा भवन निर्माणका लागि उपयुक्त प्रमाणित नभएसम्म भवन निर्माण स्थलको रुपमा प्रयोग गर्न दिईने छैन् ।
१६. हाईटेशन विद्युत लाइन मुनी र दायां बायां छाड्नु पर्ने दुरी : भवन निर्माण गर्दा हाइटेशन विद्युत लाइन
मुनी र दायां बायां छाड्नु पर्ने दूरीका सम्बन्धमा विद्युत नियमावलीले निर्धारण गरेको मापदण्ड लागू हुनेछ ।
१७ औद्योगिक भवनको प्रयोग : नगसपालिकाको पूर्व स्वीकृति विना औद्योगिक प्रयोजनको
लागि निर्मित भवनहरु सो बाहेक अन्य प्रयोजनका लागि प्रयोग गर्न पाईने छैन्।
परिच्छेद-३ (क्षेत्र विभाजन तथा निर्माण सम्बन्धी मापदण्ड)
१८. यस नगर भित्रको परम्परागत मौलिक कला संस्कृती एवं भवनको संरचना संरक्षण,सुव्यवस्थित गरी नगरको
भौतिक पूर्वाधार विकास विस्तार गर्दै स्वस्थ सफा वातावरण कायम गरी भवनको सुरक्षा निर्माणका लागि नगर क्षेत्र भित्रको सम्पूर्ण भू–भागलाई अनुसूची १ (क) मा देखाइए अनुसार नक्शाङ्कन समेत गरी निम्न अनुसार क्षेत्र विभाजन गरी निर्माण सम्बन्धी मापदण्ड समेत निर्धारण गरिएको छ।
(क) परम्परागत आवासीय क्षेत्र
(ख) संस्थागत क्षेत्र
(ग) विकासिल क्षेत्र
(घ) सुरक्षित क्षेत्र
(ङ) हरित क्षेत्र
विकासिल क्षेत्र =-Developing Zone_M
यस नगर सिमा भित्र अन्य विविध विकास विस्तारको अवस्थालाई अझै सुव्यवस्थित बनाउन यस क्षेत्रका भूभागलाई निम्न अनुसार उपक्षेत्रमा विभाजन गरिएको छ ।
(अ) आवासीय उपक्षेत्र (इ) औद्योगिक उपक्षेत्र
(आ) व्यापारीक उपक्षेत्र (ई) विशेष योजनागत उपक्षेत्र(उ) संयुक्त आवास /कोलोनी
(ऊ) अन्य उपक्षेत्र
(अ) आवासीय उपक्षेत्र ( Residential sub zone_ :
परम्परागत आवासीय क्षेत्र , संस्थागत क्षेत्र, व्यापारिक उपक्षेत्र , औद्योगिक उपक्षेत्र , विशेष योजनागत उपक्षेत्र वाहेकमा भवन निर्माण गर्न यस विनियममा रोक नलगाइएका क्षेत्रहरुलाई आवासीय उपक्षेत्र भनि तोकिएको छ । यस उपक्षेत्रमा निर्माण हुने भवन आदिको मापदण्ड निम्न अनुसार निर्धारण गरिएको छ ।
(१) भवनको क्षेत्रफल तथा उचाई : यस क्षेत्रमा निर्माण हुने भवनको क्षेत्रफल तथा उचाई निम्न बमोजिम
हुनुपर्नेछ ।
(क) ग्राउण्ड कभरेज : प्लट जग्गाको ०-४-० आना सम्ममा ७० प्रतिशत भू-भाग र सोभन्दा माथीको हकमा
६० प्रतिशत कभरेज गरी आवासीय भवन निर्माण गर्न पाइनेछ र आवाशीय कोलोनी भवनको लागि सम्पूर्ण प्लट जग्गाको ६० प्रतिशत भू-भाग मात्र कभरेज गरी भवन निर्माण गर्न पाईनेछ । संस्थागत भवन, सभा भवन, विभिन्न प्रकारका हल, घरेलु उद्योग , ब्यापारिक भवन आदिको लागि प्लट जग्गाको अधिकतम ५० प्रतिशत मात्र भू-भाग कभरेज गरी भवन निर्माण गर्न पाईनेछ ।
(ख) अधिकतम उचाई : प्यारापिटस् पर्खाल सहित भवनको अधिकतम उचाई ११.४ मिटर भन्दा बढी निर्माण गर्न
पाइनेछैन् । तर भ-याङ्ग छोप्ने भाग पानी टैंकी तथा स्लोपिङ्ग छाना सहितको लागि थप २.४० मिटर उचाई निर्माण गर्न पाईनेछ ।
(ग) अधिकतम तल्ला : जम्मा ४ तल्ला र माथि भयङ्गको कभर सम्म निर्माण गर्न पाइने छ ।
(वि.प.बु.नं. ४ ख)
(घ) न्यूनतम सिलिङ्गको उचाई : आवासीय प्रयोजनको लागि भवनको न्यूनतम सिलिङ्गको उचाई २.३
मिटर र अन्य प्रयोजनको लागि निर्माण हुने भवनको लागि २.७ मिटर उचाई हुनुपर्नेछ ।
(ङ) प्लिन्थको उचाई : सडकको मध्य रेखाको उचाइवाट अधिकतम कालोपत्रे सडकमा ०.४५ मिटर,
ग्रावेल सडकमा ०.६० मिटर, कच्चि सडकमा ०.७५ सम्म उचाईमा भवनको प्लिनथ बनाउन
सकिनेछ । निर्माणस्थल सडक भन्दा होचो वा उचाईमा भए ढल निकास सुचारु रुपले संचालन हुने किसिमको भवनको प्लिन्थ बनाउनुपर्नेछ ।
(च) भवनको न्यूनतम चौडाई : भवनको न्यूनतम चौडाई २.४० मिटर हुनुपर्नेछ । तर भवनको लम्बाई र
चौडाईको अनुपात ३.१ भन्दा बढी हुनुहुदैन् । यदि चौडाईको अनुपातमा लम्बाई ३ गुणा बढी भएमा ५० मि.मि. को निर्माण जोडाई राख्नुपर्नेछ ।
(छ) भ्याल, ढोका तथा भेन्टिलेशनको भाग : भवको प्रत्येक कोठाहरुमा राखिने खुल्ला भ्याल, ढोकातथा
भेन्टिलेशनको भाग सो कोठाको भूइंले ढाकिएको क्षेत्रफलको न्यूनतम १५ प्रतिशत वा न्यूनतम क्षेत्रफल ०.३० वर्ग मिटर हुनुपर्नेछ । यसमा स्थिर भ्याल भेन्टिलेशनको भाग समावेश गरिने छैन् ।
(ज) भयङ्ग : भवनमा सुरक्षित निर्माण समबनधी मापदण्ड बमोजिम भ-याङ्ग निर्माण हुनुपर्नेछ ।
(झ) टप : घरको टप निर्माणको हकमा बाटोको सेटव्याक तर्फ सबभन्दा माथिको तल्लामा पानी तर्काउने
प्रयोजनका लागि बढीमा २ फिट ६ ईन्च टप राख्नु पर्नेछ र विचका तल्लाहरुमा १ फिट ६ ईन्च राख्न पाईनेछ । (२५ औं नगरपरिषदको निर्णय नं. ४८ को घ)
(२) सेटव्याक ( setbacks) निर्माण गर्ने भवनबाट प्पलटमा निम्न अनुसार खुल्ला जग्गा छोडिएको हुनुपर्नेछ । सेटव्याक निर्धारण गर्दा टप तथा छानाको बाहिर निकालिएको भाग बाहेक भवनको सबै प्रकारको बाहिर निस्किने भागहरु जस्तै बार्दली , क्यान्टिलिभरमा बनाइएको कोठा समेत समावेश हुनेछ।
(क) बाटो तर्फ : बाटो तर्फ आवासीय भवनको निर्माणको लागि यसै विनियमको ४७ नं. बमोजिम
सेटव्याक छोडनुपर्नेछ । तर संस्थागत भवन, सभा भवन, विभिन्न प्रकारका हल, घरेलु उद्योग , ब्यापारीक भवनको निमित्त कायम भएको बाटोको चौडाइको रेखाबाट २.० मिटर सेटव्याक छाडनु पर्नेछ । दोबाटोमा पर्ने स्थानको हकमा अतिरिक्त चौडाईको लागि सडक विभागले तोकेको मापदण्ड लागू हुनेछ।
(ख) दायां बायाँ र पछाडी तर्फ : आवासीय भवनको लागि भवनको दायां बांयातर्फ भ्याल ढोका राख्न
प्लट जग्गाको सिमानाबाट १.५ भिटर जग्गा खुल्ला छोडनु पर्नेछ । भ्याल ढोका नराखिने भए प्लट जग्गाको सिमानासम्म निर्माण गर्न पाईनेछ । तर संस्थागत भवन , सभाभवन, हल, घरेलु उद्योग , व्यापारिक भवन आदिको हकमा भने प्लट जग्गाको सिमानाबाट न्यूनतम ३.० मिटर जग्गा खुल्ला छोड्नु पर्नेछ।
(ग) झयाल, ढोका तथा भेन्टिलेशन :
(१) आवासीय भवनको निमित्त प्पलट जग्गाको सिमानाबाट न्यूनतम १.५ मिटर जग्गा खुल्ला छोडी मात्र
भवनमा भ्याल, ढोका तथा भेन्टिलेशन राखन पाउनेछ । तर संस्थागत भवन, सभा भवन, हल, घरेलु उद्योग, ब्यापारीक भवन आदिको हकमा प्लट जग्गाको सिमानाबाट न्यूनतम ३.० मिटर जग्गा
खुल्ला छोड्नु पर्नेछ।
(२) एउटै प्लट जग्गामा एकभन्दा बढी भवनहरु निर्माण भएको वा गरिने भए प्रत्येक भवनहरुमा खुल्ला
भ्याल, ढोका, भेन्टिलेशन राख्न छुट्टाछुट्टै सेटव्याक छाडिएको हुनुपर्दछ ।
(३) उपयोगिता र सेवा : भवनको उपयोगिता र सेवा सम्बन्धी अन्य व्यवस्था निम्न अनुसार हुनुपर्नेछ।
(क) पार्किङ्ग : संस्थागत भवन, सभा भवन, हल, घरेलु उद्योग, व्यापारीक भवन आदिको सवारी पार्किङ्गको
निमित्त प्लट जग्गामा न्यूनतम क्षेत्रफल २० प्रतिशत जग्गा छोडेको हुनुपर्नेछ ।
(ख) ढल निकास : शौचालयको पानी तथा फोहर पानी (सिन्काबाथ बास बेसिन , सावर , वाथरुम भई
बग्ने) को लागि छुट्टाछट्टै निकास गरी शौचालयबाट आउने फोहरलाई सेफटी टैंकमा र बाथरुम तथा भान्छाबाट आउने पानी वा सेफटी टैंक माथिबाट आएको पानीलाई सोक पिटमा खसाल्नुपर्नेछ । सार्वजनिक ढल उपलब्ध भएको स्थानमा भने नगरपालिकाको पूर्व स्वीकृतिले त्यस्तो पानीलाई ढलमा खसाल्नुपर्नेछ।
(ग) सेफ्टी टैंक : सेफ्टी टैंकीको चौडाई न्यूनतम ०.७५ मिटर , गहिराई पानी आउने पाईप भन्दा
न्यूनतम १ मिटर, फि बोर्ड ०.३० मिटर, कूल क्षमता (लिक्वीड क्यापासीटी ) न्यूनतम १ घन मिटर , लम्वाई चौडाई भन्दा २ देखि ४ गुणासम्म गरी प्रतिव्यक्ति क्षमता न्यूनतम ०.०७ वर्ग मिटर हुने गरी निर्माण गर्नुर्पछ । सेफ्टी टयांकीबाट पानी चुहावट हुनुहुदैन् ।
(घ) सोकपिट :सोकपिट राख्दा घरभन्दा न्यूनतम ३ मिटर र पर्खालदेखि न्यूनतम १ मिटर टाढा हुनुपर्नेछ ।
सोकपिटको भित्री ब्यास कम्तिमा ०.९० मिटर तथा इनलेट पाईपभन्दा कम्तिमा १ मिटर गहिरो गरी गा-हो र तलको भाग जमिनले सजिलै पानी सोस्न सक्ने गरी ईंटा वा ढुङ्गाद्वारा बनाउनु पर्नेछ । इनलेट पाइप भन्दा तल ढुङ्गा वा इट्टाबाट निर्माण हुनुपर्नेछ । साथै माथिको भागबाट कमसेकम ०.९० मिटर गहिरो हुने गरी राख्नु पर्नेछ । सोकपिटको गा-हो पछाडीपट्टि चारैतिर कम्तिमा ७५ मिलिमिटर बाक्लो खस्रो गिट्टीले भर्नुपर्नेछ ।
(ङ)भूमिगत पानी : जमिन मुनीको पानीको उपयोग नगरपालिकाको सहमति अनुसार मात्र गर्नुपर्नेछ ।
इनारलाई सोकपिट तथा अन्य फोहर पानी खसाल्ने ठाउंबाट न्यूनतम १६ मिटर टाढा राख्नुपर्नेछ । जमिन माथि बग्ने पानी तथा अन्य प्रदूषित वस्तुहरुबाट सुरक्षित हुनेगरी ब्यास कम्तिमा पनि १ मिटर हुनेगरी इनार निर्माण गर्नुपर्नेछ । ईनार आफ्नो जग्गाको सिमानावाट कम्तीमा १ मिटर भित्र पारेर वनाउन पाईनेछ।
(च) वर्षातको पानीको ढल निकासा : कौशीबाट आउने पानीलाई पाइपद्वारा तल निकास गर्नुपर्नेछ र कुनै
पनि छानाको पानी हर्काको निजी वा सार्वजनिक जग्गा, बाटो आदिमा खसाल्न पाइने छैन् । कौशीको पानी निकास दिने पाईप नाली अथवा ढल निकाससंग जोड्नु पर्ने वा संकलनको व्यवस्था गर्नुपर्नेछ ।
(छ) सीमा पर्खाल : सीमा पर्खाल निर्माण गर्दा सम्बन्धित निकायले तोकि दिएको मापदण्ड अनुसार हुने गरी
पर्खालको उचाई बढीमा ४ फिट अग्लो गारो निर्माण र सो भन्दा माथि बढीमा ३ फिट जाली राख्ने गरी स्वीकृत लिएर मात्र गर्नुपर्नेछ । ROW मा पर्खाल निर्माण गर्न पाईने छैन । सहरी सौन्दर्याताको लागि सम्बन्धित स्थानीय निकायको परिषदले तोकिएको क्षेत्रमा सीमा पर्खाल लगाउन नपाउने व्यवस्था कायम गर्ने सक्नेछ । सरकारी वा कुटनीतिक निकाय, कारागार आदिले सुरक्षाको दृष्टिकोणले अग्लो पर्खाल लगाउनु पर्ने भएमा सम्बन्धित निकाय, मन्त्रालयको सिफारिस सहित सोको स्टक्चरल डिजाइन सहित निवेदन पेश गरेमा स्थानीय निकायले यस्तो अग्लो पर्खाल लगाउन स्वीकृति दिन सक्नेछ । (ब.वि.मा. १४.१३)
• यस क्षेत्रका आवासिय बाहेकका अन्य भवनलाई यो नियम लागु हुने छैन ।
(आ) ब्यापारीक उपक्षेत्र :
व्यापार व्यवसाय अधिक हुने सुविधायुक्त अरनिको राजमार्ग दायाँ वायाँको केही भू-भागलाई ब्यापारिक उपक्षेत्र भनी तोकिएको छ । यस उपक्षेत्रमा निर्माण हुने भवन आदिको मापदण्ड निम्न अनुसार निर्धारण गरिएको छ।
(१) भवनको क्षेत्रफल तथा उचाई : यस क्षेत्रमा निर्माण हुने भवनको क्षेत्रफल तथा उचाई निम्न बमोजिम
हुनुपर्नेछ।
(क) ग्राउण्ड कभरेज : प्लट जग्गाको ४ आना सम्म ७० प्रतिशत र सो भन्दा माथीको हकमा ६० प्रतिशत
भू-भागमात्र कभरेज गरी आवासीय भवन निर्माण गर्न पाइनेछ ।
(ख) अधिकतम उचाई : स्ल्याब तथा प्यारापिटस् पर्खाल सहित भवनको न्यूनतम उचाई १३.५० मिटरदेखि
अधिकतम उचाई १५.०० मिटरसम्म निर्माण गर्नु पर्नेछ । तर भ-याङ्ग छोप्ने भाग, पानी टैंकी तथा स्लोपिङ्ग छाना सहितको लागि थप २.४० मिटर उचाई निर्माण गर्न पाइनेछ । निर्माण हुने भवनको सम्पूर्ण स्ट्रकचरल डिजाईन पेश गर्नुपर्नेछ । Basement भाग उचाइमा लागु गरिने छैन् ।
(ग) तल्ला : जम्मा ५ तल्ला र माथि भयङ्गको कभर सम्म निर्माण गर्न पाइने छ । (वि.प.बु.नं. ४ ग
(घ) Basement (वेस्मेन्ट) भवनको प्लीन्थ उचाई भन्दा मुनी पाकिङ्ग प्रयोजनको लागि एउटा अतिरिक्त
वेसमेण्ट निर्माण गर्न सकिने छ । त्यस्तो तल्लाको उचाई न्यूनतम २.७० र प्रवेश यप द्वार आफ्नै जग्गामा हुनु पर्नेछ । साथै भूमिगत तल्ला भन्नाले चारै तर्फको जमिन सतहवाट पुरै तल्ला जमिन मुनी वा १.० मिटर मात्र माथी वनाईएको भवनको सवभन्दा तल्लो भाग सम्झनु पर्दछ । १६ औं नगर परिषद निर्णय नं. १३ ज)
(ङ) न्यूनतम सिलिङ्गको उचाई : आवासीय प्रयोजनको भवनको लागि न्यूनतम २.३० मिटर र अन्य भवनको
लागि २.७० मिटरको न्यूनतम सिलिङ्गको उचाई हुनुपर्नेछ ।
(च) प्लिन्थको उचाइ : बाटोको मध्य रेखामाथि भवनको प्लिन्थको उचाई ०.४५ मिटरको हुनुपर्नेछ । तर
निर्माण स्थल सडक भनदा होचो वा उचाइमा भए ढल निकास सुचारु रुपले संचालन हने किसिमले भवनको प्लिन्थ बनाउनु पर्नेछ । भवनको तल्ला गणना गर्दा प्लिन्थदेखि माथिको भागको मात्र गरिने छ, प्लिन्थ भन्दा तलको भाग नपरेमा त्यसलाई जमीन तल्ला मानिने छ । तर दायां बायांका भवनहरुसंग एकरुपतामा फरक आउने गरी निर्माण गर्न स्वीकृति दिईने छैन् ।
(छ) भवनको न्यूनतम चौडाई : भवनको न्यूनतम चौडाई २.४० मिटर हुनुपर्नेछ । तर लम्बाई र चौडाइको
अनुपात ३.१ भन्दा बढी हुनुहुदैन् । यदि चौडाइको अनुपातमा लम्बाई ३ गुणा बढी भएमा ५० मि. मि.को निर्माण जोडाई राख्नुपर्ने हुन्छ । यसमा सिथर भ्याल तथा भेन्टिलेशनको भागहरु समावेश गरिनेछैन्।
(ज) झ्याल, ढोका तथा भेन्टिलेशनको भाग : भवनको प्रत्येक कोठाहरुमा छोडिएको भ्याल ढोका तथा
भेन्टिलेशनको भाग न्यूनतम सो कोठाको भुईंले ढाकिएको क्षेत्रफलको न्यूनतम १५ प्रतिशत वा न्यूनतम षेत्रफल ०.३ वर्ग मिटर हुनुपर्नेछ । यसमा स्थिर भयाल तथा भेन्टिलेशनक भागहरु समावेश गरिनेछैन् ।
(झ) भ-याङ्ग : भवनमा सुरक्षित निर्माण सम्बन्धी मापदण्ड बमोजिम भ-याङ्ग निर्माण हुनुपर्नेछ ।
(ज) टप : घरको टप निर्माणको हकमा बाटोको सेटव्याक तर्फ सबभन्दा माथिको तल्लामा पानी तर्काउने प्रयोजनका
लागि बढीमा २ फिट ६ ईन्च टप राख्नु पर्नेछ र विचका तल्लाहरुमा १ फिट ६ ईन्च राख्न पाईनेछ । (२५ औं नगरपरिषदको निर्णय नं. ४८ को घ)
(२) सेटव्याक (setback ) : निर्माण गर्ने भवनबाट प्लटमा निम्न अनुसार सेटव्याक छोडिएको हुनुपर्नेछ ।
सेटव्याक निर्धारणगर्दा टप तथा छानाको बाहिर निकालिएको भाग बाहेक भवनको सबै प्रकारको बाहिर निस्किने भागहरु जस्तै बार्दली , क्यान्टिलिभरमा बनाइएको कोठा समेत समावेश हुनेछ।
(क) बाटो तर्फ : बाटो तर्फ यसै विनियमको ४७ नं. बमोजिम बाटोको दुरी र तोके बमोजिमको सेटव्याक
अनिवार्य छाड्नु पर्नेछ । दोबाटो जोडिने स्थानको हकमा भने सडकविभागबाट तोकिए वमोजिमको थप भू-भाग बाटोतर्फ सेटव्याक छोडनु पर्नेछ ।
(ख) दायां बायां तर्फ : भवनको दायां बांयातर्फ भ्याल ढोका नराखिकन प्लट जग्गाको सिमानासम्म भवन निर्माण गर्न पाइने छ।
(ग) पछाडि तर्फ : भवनको पछाडि तर्फ प्लट जग्गाको सिमानाबाट १.५० मिटर जग्गा छोड्नु पर्छ ।
(घ) भ्याल, ढोका तथा भेन्टिलेशन : प्लट जग्गाको सिमानाबाट न्यूनतम १.५ मिटर जग्गा छोडी मात्र भवनमा भ्याल, ढोका तथा भेन्टिलेशन राख्न पाउनेछ ।
(३) उपयोगिता र सेवा -Utility &Services) : भवनको उपयोगिता र सेवा सम्बन्धी अन्य व्यवस्था निम्न
अनुसार हुनुपर्नेछ।
(क) पार्किङ्ग : भवनको जमिन तलला पार्किङ्गको लागि प्रयोग गर्न सकिनेछ र यसको प्रवेश -याम्प द्वार
भवनको भित्रिभागबाट वा पछिल्तिरबाट हुनुपर्नेछ ।
(ख) ढल निकास : शौचालयको पानी तथा फोहर पानी (सिन्कबाथ बास बेसिन, सावर ,बाथरुम भई
बग्नेको लागि छुट्टाछुट्टै निकास गरी शौचालयबाट आउने फोहरलाई सेफ्टी टैंकमा र बाथरुम तथा भान्छाबनट आउने पानी वा सेफ्टी टैंकबाट आएको पानीलाई सोक पिटमा खसाल्नु पर्नेछ । सार्वजनिक ढल उपलब्ध भएको स्थानमा भने नगरपालिकाको पूर्व स्वीकृतिले त्यस्तो पानीलाई ढलमा खसाल्नु पर्नेछ।
(ग) सेफ्टी टैंक : सेफ्टी टयांकीको चौडाई न्यूनतम ०७५ मिटर, गहिराई पानी आउने पाइप भन्दा न्यूनतम १ मिटर , फ्रीवोर्ड ०. ३० मिटर, कूल क्षमता (लिक्वीड क्यापासीटी) न्यूनतम १ घनमिटर, लम्बाई चौडाई भन्दा २ देखि ४ गुणासम्म गरी प्रतिव्यक्ति क्षमता न्यूनतम ०. ०७ वर्गमिटर हुने गरी निर्माण गर्नुपर्नेछ । सेफ्टी टयांकीबाट पानी चुहावट हुनुहुदैन् । सैफ्टी टैंकी आफ्नो जग्गाको सिमानावाट कम्तीमा १ मिटर जग्गा छोडी वनाउनु पर्नेछ ।
(घ) सोकपिट : सोकपिट राख्दा भवन भन्दा न्यूनतम १५ मिटर र पर्खालदेखि न्यूनतम १ मिटर टा
राख्नुपर्नेछ । सोकपिटको भित्री ब्यास कम्तिमा ०.९० मिटर तथा इनलेट पाईपभन्दा कम्तिमा १ मिटर
गहिरो गरी गा-हो र तलको भाग जमीनले सजिलै पानी सोस्न सक्ने गरी ढुङ्गा वा इट्टाबाट बनाउनु पर्नेछ । साथै माथिको भाग बाट कमसेकम ०. ९० मिटर गहिरो हुने गरी राख्नुपर्नेछ । सोकपिटको गाहोको पछाडिपट्टि चारैतिर कम्तिमा ७५ मिलिमिटर बाक्लो खस्रो गिट्टीले भर्नुपर्नेछ।
(ङ) भूमिगत पानी : जमिन मुनीको पानीको उपयोग नगरपालिकाको सहमति अनुसार मात्र गर्नुपर्नेछ । इनारलाई सोकपिट तथा अन्य फोहोर पानी खसाल्ने ठाउंबाट न्यूनतम १६ मिटर टाढा राख्नुपर्नेछ । जमिन माथि बग्ने पानी तथा अन्य प्रदूषित वस्तुहरुबाट सुरक्षिट हुनेगरी व्यस कम्तिमा पनि १ हुनेगरी इनार निर्माण गर्नुपर्नेछ । ईनार आफ्नो जग्गाको सिमानवाट कम्तीमा १ मिटर जग्गा छोडी वनाउनु पर्नेछ।
(च) वर्षातको पानीको ढल निकासा : कौशीबाट आउने पानीलाई पाइपद्वारा तल निकास गर्नुपर्नेछ र कुनै पनि छानाको पानी अर्काको निजी वा सार्वजनिक जग्गा, बाटो आदिमा खसाल्न पाइने छैन् । कौशीको पानी निकास दिने पाईप नाली अथवा ढल निकाससंग जोड्नु पर्ने वा संकलनको व्वस्था गर्नुपर्नेछ ।
(छ) सीमा पर्खाल : सीमा पर्खाल निर्माण गर्दा सम्बन्धित निकायले तोकि दिएको मापदण्ड अनुसार हुने गरी पर्खालको उचाई बढीमा ४ फिट अग्लो गारो निर्माण र सो भन्दा माथि बढीमा ३ फिट जाली राख्ने गरी स्वीकृत लिएर मात्र गर्नुपर्नेछ । ROW मा पर्खाल निर्माण गर्न पाईने छैन । सहरी सौन्दर्याताको लागि सम्बन्धित स्थानीय निकायको परिषदले तोकिएको क्षेत्रमा सीमा पर्खाल लगाउन नपाउने व्यवस्था कायम गर्ने सक्नेछ । सरकारी वा कुटनीतिक निकाय, कारागार आदिले सुरक्षाको दृष्टिकोणले अग्लो पर्खाल लगाउनु पर्ने भएमा सम्बन्धित निकाय, मन्त्रालयको सिफारिस सहित सोको स्टक्चरल डिजाइन सहित निवेदन पेश गरेमा स्थानीय निकायले यस्तो अग्लो पर्खाल लगाउन स्वीकृति दिन सक्नेछ । (ब.वि.मा. १४.१३)
• यस क्षेत्रका अन्य ब्यापारिक वाहेकका अन्य भवनलाई यो नियम लागु हुने छैन ।
परिच्छेद-४
(निर्माण सुरक्षा सम्बन्धी व्यवस्था)
२०. संरचनात्मक डिजाइन र भूकम्प प्रतिरोध क्षमता : भवनको जमीन, जग काठ , ढुङ्गा , आर. सी.सी. र पी.एस.पी. (pre-stressed concrete), रचनात्मक तथा तयारी (Prefabricated) सामग्रीहरुको रचनात्मक डिजाइनको भूकम्प प्रतिरोध क्षमता राष्ट्रिय भवन निर्माण आचार संहिता बमोजिम हुनुपर्नेछ
२१. भवनको आकार : निर्माण गरिने भवनको लम्वाई वा उचाई त्यसको सांगुरो भागको चौडाइ भन्दा तीन गुणाले बढी हुनेछैन् ।
२२. निर्माण सामग्रीहरुको गुणस्तर तथा कालीगडी :
(क) भवन निर्माणमा प्रयोग गरिने सबै निर्माण सामग्रीहरु तथा कालिगडीको गुणस्तर आई. एस. वा एन. एस.
स्टायण्डरको हुनुपर्नेछ।
(ख) गुणस्तर चिन्ह प्राप्त वस्तुहरुको वैकल्पिक वस्तु वा गुणस्तर चिन्ह प्राप्त नभएका वस्तु तथा सामग्रीहरुको
प्रयोग सम्बन्धित डिजाइनर प्राविधिकको अनुमति विना गर्न पाइने छैन् ।
२३. भवनको डिजाइन र नक्शा पेश : भवनको निर्माणको नक्शा पेश गर्दा निर्धारित क्षेत्रको मापदण्ड अनुरुपकै अधिकतम उचाई र तल्लाको डिजाइन समेत राखी सधियारको जग्गामा टासिएर जोखिम हुनेगरि निर्माण हुनेभए स्ट्रक्चरल रिपोर्ट र स्ट्रक्चरल नक्शा सहित स्वीकृत गराउनुपर्नेछ। १. ९ ईञ्च ★ ९ ईञ्च साईजको पिलर राखी बिगतमा न.पा.बाट स्वीकृत भएका घर नक्शा अनुसार निर्माण भएको
हकमा तला थप अनुमति दिने सम्बन्धमा राष्ट्रिय भवन आचार संहितामा स्पष्ट व्यवस्था नभएको तर बिगतमा ९ ईञ्च ★ ९ ईञ्च साईजको पिलर राखी आएको घर नक्शामा अनुमति दिई घर निर्माण भएको अवस्था हुदा MandatoryRules of Thumb अनुसार पिलरहरुको दुरी बढिमा ४.५ मिटर र सबै पिलरहरुको साईज
९ ईञ्च ★ ९ईञ्च भएको अवस्थामा सो भवनको हकमा इन्जिनियर ले सुरक्षित छ भनि रिपोर्ट सहित पेश भएमा भयङ्ग छोप्ने भाग र जम्मा २ तला सम्म घरको तला थप निर्माण अनुमति दिन सकिने ।
२. ९ ईञ्च ★ १२ ईञ्च साईजको पिलर राखी बिगतमा न.पा.बाट स्वीकृत भएका घर नक्शा अनुसार निर्माण भएको
हकमा राष्ट्रिय भवन आचार संहिताका] MandatoryRules या त्जफद नुसार पिलरहरुको दुरी बढिमा ४.५ मिटर र सबै पिलरहरुको साईज ९ ईञ्च ★१२ ईञ्च भएको वस्थामा सो भवनको हकमा इन्जिनियर ले सुरक्षित छ भनि रिपोर्ट सहित पेश भएमा जम्मा भयङ्ग छोप्ने भाग र तिन तला सम्म घरको तला थप निर्माण अनुमति दिन सकिने ।
३. सिमेन्ट जोडाईको वाल सिष्टमको घरको हकमा नक्शा स्वीकृति लिई एकतला निर्माण भएको छ र सो घरको
जमिन तलाको घरको वाल १४ ईञ्चको भएमा इन्जिनियर ले सुरक्षित छ भनि रिपोर्ट सहित पेश भएमा सो भवनको लागि भऱ्याङ्ग छोप्ने भाग र जम्मा दुई तला हुने गरी तला थप अनुमति दिन सकिने ।
४. ९ ईञ्च ★९ ईञ्च साईजको र ९ ईञ्च ★१२ ईञ्च साईजको पिलर राखी बिगतमा न.पा.बाट स्वीकृत भएका
घर नक्शा अनुसार निर्माण भएको घरको हकमा तला थप अनुमति लिन आएमा राष्ट्रिय भवन आचार संहिता अनुसार रिट्रोफिटिङ्ग गरी १२ ईञ्च ★१२ ईञ्च साईजको पिलर बनाई निर्माण गर्ने गरी भवनको तल्ला थप अनुमतिका लागि नक्शा डिजायन सहित पेश भएको र डिजायनरले उक्त घरमा तला थप गर्न संरचना सुरक्षित छ र प्राविधिक दृष्टिले ४ तला सम्म अनुमति दिन उपयुक्त हुन्छ भनि डिजाईन सहित प्रमाणित गरेको अवस्थामा त्यस्तो घरमा भयङ्ग छोप्ने भाग सहित जम्मा बढिमा ४ तला सम्म घरको तला थप निर्माण अनुमति दिन सकिने।
१००० वर्ग फुट भन्दा माथि, ३ तल्ला र भयङ कभर भन्दा बढी, ४.५ मि. विम स्पान भन्दा बढी, १ मि. क्यान्टीलेभर भन्दा बढी भएको निर्माणको हकमा Structural Analysis रिपोर्ट समेत पेश गर्नु पर्ने ।
१००० वर्ग फुट भन्दा कम, ३ तल्ला र भऱ्याङ कभर भन्दा कम, ४.५ मि. विम स्पान भन्दा कम, १ मि. क्यान्टीलेभर भन्दा कम भएको निर्माणको हकमा NBC 205 अनुसार पेश गर्न सकिने तर भुकम्पिय जोखिम हुने अवस्थाको डिजाइन भए न.पा. प्राविधिकले जुनसुकै भवनको पनि स्ट्रक्चरल रिपोर्ट माग्न सकिने ।
२४. निर्माणस्थलको विकास :
(क) निर्माणस्थलको विकासको लागि स्लोप काटेर कतभउक बनाउंदा छिमेकका भवनहरु तथा निर्माणाधिन
भवनको स्थायित्वलाई असर नपर्ने गरी सुरक्षित किसिमले बनाउनु पर्नेछ ।
(ख) भवन निर्माण स्थलको उपयुक्त सुरक्षित उपायहरु गरी वचावटको लागि आवश्यक पर्ने भए पर्खालहरु
(जस्तै : revetments, retaining walls, toe walls ) बनाइनु पर्दछ ।
२५. भिरालो जग्गा काट्ने :
माटोको तहको किसिम हेरी निर्माण स्थलमा माटो काट्दा निम्न व्यवस्था लागू हुनेछ।
(क) कमलो माटो वा ढुङ्गा माटो मिसिएको , माटो काट्दा ४.० मिटर अग्लाईसम्म ।
(ख) कडा माटोको तहमा ६ मिटरसम्म ।
(ग) नगरपालिकाको पूर्व स्वीकृति विना ६ मिटर भन्दा बढी उचाईमा साधारण तया माटो काट्न पाइने छैन् ।
२६. टेवा पर्खाल :
टेवा पर्खाल देहाए बमोजिम निर्माण हुनुपर्नेछ ।
(१) ६ मिटरसम्म उचाईमा बन्ने टेवा पर्खालको जग र प्रयोग हुने सामग्री निम्न बमोजिम हुनुपर्नेछ ।
(क) जग तथा तलको सतह : टेवा पर्खालको जगलाई तल साहो माटो वा ढुङ्गासम्म पु-याउनु पर्नेछ ।
तल्लो सतह काट्दा पर्खालका] Face बाट Right angle मा ठाडो पट्टी ३:१ को भिरालो पारी बनाउनुपर्नेछ।
(ख) सेक्शन :
टेवा पर्खालको उचाइ ६.० मिटर भन्दा कम र Surcharged पनि नभएकोमा revetment को
मोटाई वा Filling भन्दा मीथको पर्खाल revetement को vertical उचाइ वा fooling को माथि बाट लिइएको उचाई भन्दा एक तिहाई भन्दा बढी हुनुहुदैन् । उचाई ६ मिटर भन्दा कम र Surcharged भएको छ भने revetment को मोटाई निकाल्न प्रयोग हुने उचाई वा Footing भन्दा माथिको उचाई vertical height भन्दा साढे एक (१.५) दोब्बर हुनुपर्नेछ । पर्खालको माथिल्लो भागको चौडाइ ०.५ मिटर भन्दा कम गर्न पाइने छैन र कुनै पनि कारणले १.० मिटर भन्दा बढी पनि हुनुहुदैन्।
(ग) सामग्रीहरु :
(१) टेवा पर्खाल सिमेन्ट , बालुवा, ढुङ्गा प्रयोग गरी बनाइनु पर्दछ । ढुङ्गाको टेवा
पर्खालको जोडाईमा सिमेन्ट र बालुवाको मात्रा १:४ तथा ०.४ देखि ०.६ मिटर बाक्लो तल माथि प्रयोग हुनुपर्नेछ । साथै Vertical ३.० देखि ५.० मिटरको कउशअष्लन मा हुनुपर्नेछ । प्रयोग हुने ढुङ्गाहरु लम्बाई र चौडाई भन्दा उचाई बढी हुनुहुदैन र जोर्निहरु छुट्याइ बनाउनु पर्नेछ ।
(२) टेवा पर्खालहरु पूर्ण Section मा बनाईनु पर्नेछ । ढुङ्गाका टुक्राहरुले भर्न पाइने छैन् ।
(घ) जोडाई :
Bonding stones उचाई र लम्बाईतर्फ प्रत्येक १.५ मिटरमा राख्नु पर्नेछ । कुनै जोडाई गर्ने ढुङ्गा
पर्खालको पारीसम्म पुगेन भने सो ढुङ्गोसंग अर्को ढुङ्गा एक तिहाई लम्बाई सम्ममा खपट्याउनुपर्नेछ ।
(१) ६ मिटर भन्दा अग्लो आर. सी. सी. तथा ढुङ्गे टेवा पर्खालको निर्माण निम्न बमोजिम हुनुपर्नेछ ।
(क) ढिस्को वा भिरालोलाई जोगाउन ६ मिटर भन्दा अग्लो आर. सी. सी. पर्खाल वा टेवा पर्खाल बनाउन सम्बन्धित प्राविधिकद्वारा जांचबुझ गराई सो को प्रतिवेदन साथै संलग्न गरी दरखास्त गर्नुपर्दछ ।
२७. तह तहमा बन्ने भवनहरु तथा क्रमशः बन्ने टेवा पर्खालहरु :
तह तह परेको जग्गामा भवनहरु बनाउन
४ मिटर भन्दा बढी माटो काट्न पाइनेछैन र जग तथा पछाडी कडा माटो छ भने मात्र टेवा पर्खाल बनाउन पाईने छ।
२८. वीप होल्स तथा पानीको निकास :
Breast wall tyf retaining walf बनाउंदा weep holes हरुलाई
जमिनको तहबाट ०.२ मिटर माथि vertically tyf horizontally १.२ मिटर दूरी राखेर बनाउनु पर्नेछ ।
Breast wall / retaining wall को जमिनमा भएको पानीलाई सुहाउंदा] Lined drain मार्फत पठाउनु पर्नेछ।
२९. भवनको वरिपरि हुनुपर्ने दूरी :
भवनको सबै तल्लाहरुको बाहिरी भाग र retaining wall , breast wall
तथा अन्य पर्खालहरु बीचको दुरी १.२ मिटर भन्दा घटी हुनेछैन् ।
३०. स्टेप स्लोपहरुको बचावट :
पहिरो जाने सम्भावना भएका भिरालो ठाउंको स्थायित्व र माटोको
बचावटको लागि त्यस्ता ठाउंमा भिरालोलाई Horizontal plane बाट ३० डिग्री गरी काट्न निर्देशन दिन सकिने छ । यसरी काटिएको slope भन्दा माथि भएको बांझो जग्गामा भू-क्षय जोगाई स्थायित्व बनाउन जरा गहिरासम्म जाने घांस , झाडी तथा वुटाहरु लगाउनु पर्नेछ।
३१. ढल निकासको किसिम :
(१) माटो काटिसकेको वा माटो भरि जमिसकेको वा भवन निर्माणको काम भईरहेको वा निर्माण सकिइसकेको
कुनै पनि निर्माण स्थलमा बनाइएको बाटो र ढल प्रणालिलाई दीर्घकालीन रुपमा सम्भार गर्नुपर्नेछ ।
(२) ढल निकासको कामले जम्मा भएको वा भवन समूह तथा यसको वरिपरि जम्मा भएर आएको वा माथिको
डांडाबाट आउने पानीलाई कुनै पनि सम्पत्तिहरुमा नोक्सान नपार्ने गरी ढल वा प्राकृतिक खोल्साहरुमा छिटो भन्दा छिटो उपयुक्त किसिमले तह लगाई सकेसम्म टाढा निकास गर्नुपर्नेछ ।
३२. ढल निकासको थलो :
(१) भवनको जग वरिपरि तथा पुरै प्लट बाटा पानीलाई छिटो निकास दिन ढलको slope १.६० भन्दा कम
नहुने गरी बनाउनुपर्नेछ ।
(२) सम्भावित भूक्षय तथा पहिरो रोक्न र आसपासमा कुनै समस्या खडा नहोस् भन्नाका लागि जमिन _ माथिबाट बगेको पानीलाई सकेसम्म ठूलो भागमा फैलाउने गरी ढलराख्नु वा निकास दिनुपर्नेछ।
३३. ढल खुल्ला हुनुपर्ने :
(१) नगरपालिकाको लिखित स्वीकृति बेगर कुनै पनि छोपिएको ढल निर्माणगर्न र खुल्ला ढललाई छोप्न पाईने
छैन् ।
(२) कुनै सानो ढललाई निजी बाटोले काट्छ भने नगरपालिकाको निर्देशानुसार आर. सी. सी. स्लाव वा काठ
वा फलामको जालि राख्नुपर्नेछ ।
३४. निकास :
पानीको निकास नजिकैको खोल्सो वा निजी ढल भई पठाउनु वा नगरपालिकाको निर्देशानुसार
गर्नुपर्नेछ । निजी सडकको निकास सार्वजनिक सडकको ढलमा मिसाउंदा आवश्यकता अनुसार फिल्टरहरुमा समेत राखी क्षति नहुने व्वस्था गर्नुपर्दछ ।
३५. भवनको छानाको पानीको निकास
(१) भवन निर्माण गर्दा छानाबाट आएको पानी सार्वजनिक अरु व्यक्तिको जग्गा र बाटोमा खस्न नपाउने गरी
निकास गर्नुपर्दछ।
(२) भवनको वर्षातको पानी जाने पाइपहरु ढलसंग जोडिएको हुनुपर्ने वा संकलन गर्ने छुट्टै व्यवस्था गर्नुपर्नेछ ।
३६. सेफ्टी ट्यांकी तथा सोकपिट :
(१) सेफ्टी ट्यांकी तथा सोकपिट प्लटमा जाने मार्गबाट सजिलैसंग पुग्न सकिने ठाउंमा बनाउनुपर्दछ ।
(२) चिसो कम गर्न र पहिरो रोकथाम गर्न भवनको जग र सोकपिटको दूरी ३.० मिटर र प्लटको सिमानाबाट
१.० मिटर भित्रपारी सोकपिट बनाउनु पर्नेछ ।
३७. निजी पुल :
निजी पुल मुनी खोल्साको भूईको सतह त्यसै खोल्साको सतह बराबर राखी पुलमुनीबाट बढी
पानी पास हुने किसिमले प्रसस्त ठाउं राखी बनाउनुपर्नेछ । निजी पुल भन्दा माथि कुनै ढिस्को काटेमा टेवा पर्खालद्वारा वचावट गर्नुपर्नेछ ।
३८. निर्माणस्थलहरुमा स्तरीय सुरक्षित उपायहरु गरिनुपर्ने :
(१) निर्माण कार्यमा संलग्न सबै व्यक्तिहरु तथा सम्पत्तिको बचावटको लागि आवश्यक सुरक्षित उपायहरु
अवलम्बन गरिनु पर्दछ।
(२) निर्माण कार्यको जिम्मा लिने ठेकेदारले कामको अवस्था हेरी आवश्यक छेकवार खडा गरी त्यसको
आवश्यक मर्मत सम्भार र आवश्यक भए खतराको संकेत बोर्ड समेत राख्नुपर्नेछ ।
(३) निर्माणस्थलको अफिसमा ठेकेदारले प्राथमिक उपचारका सुविधाहरुका साथै औषधि उपचारको व्यवस्था
समेत गर्नुपर्नेछ।
३९. छिमेकका भवन संरचना तथा जग्गाको बचावट :
छिमेकीहरुको भवन, संरचना तथा जग्गालाई बाधा पुग्ने गरी कुनै पनि निर्माण कार्य गर्न पाइने छैन् । त्यस्तो निर्माण कार्यबाट हुने क्षतिको निमित्त निर्माण कर्ता वा निजका ठेकेदारहरु नै जिम्मेवार हुनेछन् ।
४० सडक संकेतहरु :
सडकमा कुनै पनि निर्माण कार्य गर्दा आवश्यक छेकवार तथा सडक संकेतहरु राखी
सम्भावित दुर्घटनाबाट बचाउनको निमित्त आवश्यक उपाय अपनाउनुपर्नेछ ।
४१ आपतकालिन मार्ग सम्बधि व्यवस्था :
(१) भवन निर्माण गर्दा आपतकालिन मार्गको छट्टै व्यवस्था गरी नक्शामा समेत देखाउनुपर्नेछ ।
(२) व्यवसायिक , औद्योगिक , चलचित्र, सभा भवन जस्ता मानिसहरु जमघट हुने भवनहरुमा आपतकालिन
स्थितिको संकेत गर्ने यन्त्रहरु र अग्निनिरोधक यन्त्रहरुको समूचित व्यवस्था हुनु पर्नेछ । यस्ता भवनहरुमा आपतकालिन मार्ग संकेतहरु प्रष्ट रुपमा देखिने गरी राख्नु पर्नेछ ।
४२ भवनको भ-याङ्ग, कोठाहरुको प्रवेश मार्ग र ढोका सम्बन्धि व्यवस्था :
भवनमा प्रत्येक तल्लामा
राखिने भ-याङ्ग, कोठाहरुको प्रवेश मार्ग तथा कोठाका ढोकाहरु देहाए बमोजिम हुनुपर्नेछ।
(क) भयङ्ग र प्रवेश मार्ग : भयङ्ग, कोठाको प्रवेश मार्ग (passage) र भ-याङ्गको खुट्किला निम्न
बमोजिम हुनुपर्नेछ।
(१) आवसीय भवनको लागि :
(अ) भयङ्ग र प्रवेश मार्गको न्यूनतम चौडाई ०.९० मिटर हुनुपर्दछ ।
(आ) खुड्किलोको न्यूनतम चौडाई २५० मिलिमिटर हुनुपर्दछ । (इ) खुड्किलाको अधिकतम उचाई २०० मिलिमिटर भन्दा बढी हुनुहुदैन् ।
(२) ब्यापारिक भवन, होटल तथा होस्टल जस्ता भवनहरुको लागि :
(अ) भयङ्गको र प्रवेश मार्गको चौडाई न्यूनतम १.५० मिटर हुनुपर्दछ ।
(आ) खुड्किलोको न्यूनतम चौडाई २९० मिलिमिटर हुनु पर्दछ ।
(इ) खुडकिलोको अधिकतम उचाई १७५ मिलिमिटर भन्दा बढि हुनुहुँदैन् ।
(३) अस्पताल, शिक्षण संस्थको लागि :
(अ) भयङ्ग र प्रवेश मार्गको न्यूनतम चौडाई १.८० मिटर हुनुपर्दछ ।
(आ) खुड्किलोको न्यूनतम चौडाई २९० मिलिमिटर हुनुपर्दछ ।
(इ) खुड्किलोको अधिकतम उचाई १७५ मिलिमिटर भन्दा बढी हुनुहुदैन् ।
(४) सभा भवन र चलचित्र भवनका लागि :
(अ) भ-याङ्ग र प्रवेश मार्गको न्यूनतम चौडाई ३०० जनाको लागि २ मिटर र थप प्रति १०० व्यक्तिको
लागि ०.३० मिटर बढाउनु पर्नेछ ।
(आ) खुडकिलोको न्यूनतम चौडाई ३०० मिलिमिटर हुनुपर्दछ ।
(इ) खुड्किलाको अधिकतम उचाई १७० मिलिमिटर भन्दा बढी हुनुहुदैन् ।
(ई) यस्ता भवनहरुमा न्यूनतम दुई वटा भ-याङ्ग राखिनु पर्दछ ।
(५) याम्पको चौडाई भवनको भयङ्गको चौडाई जति नै राख्नु पर्दछ क्याम्प बनाउंदा १:१० भन्दा बढी स्लोप
हुनुहुदैन् ।
(६) भ-याङ्गको रेलिङ्गको न्यूनतम उचाई ०.९० मिटर हुनुपर्दछ ।
(ख) ढोका :
(१) १० भन्दा बढी व्यक्तिहरु रहने कोठाको ढोका बाहिर खोलिने हुनुपर्दछ , तर बाहिर खोलिने ढोकाले प्रवेश
मार्गलाई बाधा पुग्ने हुनुहुदैन् ।
(२) २० भन्दा बढी व्यक्तिहरु रहने कोठको लागि कोठाको छेउको भागमा पर्ने गरी २ वटा ढोका राखिनुपर्नेछ ।
(३) भवनको कुनै पनि ढोका वा बाहिर निस्कने भाग प्रवेश मार्ग (passage) भन्दा कम हुनु हुदैन र ढोका
(प्रवेशद्वार) बाहिर खुल्ने हुनुपर्दछ ।
(ग) भवनको कुनै पनि भागबाट बाहिर निस्कंदा ढोका र त्यस्तो भागको दुरी २० मिटर भन्दा बढी हुनु हुँदैन् ।
• भवन निर्माण सम्बन्धि अन्य मापदण्डहरुको हकमा नेपाल सरकारको भवन निर्माण आचार संहिता
२०६४ अनुसार हुनेछ ।
मिति २०६७।३।३१ गते १६ औं नगर परिषदको निर्णय अनुसार अर्पाटमेण्ट तथा होटल को १२ र १३ अनुसार निम्न मापदण्ड तोकिएको छ।
निर्णय नं १२
अर्पाटमेण्ट Building सम्वन्धमा निम्नानुसार गर्ने सहमती भयो ।
(क_FAR ३.५
(ख) अगाडी पट्टि मूलवाटो तर्फ सेटव्याक ८ मिटर (न्यूनतम)
(ग) दायाँ वायाँ र पछाडी पट्टि ६ मिटर सेटव्याक ।
(घ) प्रवेश मार्ग ८ मिटर (न्यूनतम) फिल्डमा हुनु पर्ने । (ङ) आवश्यक क्षमता अनुसार सेफ्टी टैकी र सोक पिट अनिवार्य रुपमा निर्माण गर्नु पर्नेछ ।
(छ) धरौटी रु, ५।- प्रति वर्ग फिट, अधिकतम कभरेज ५०% (प्रतिशत)
माथि उल्लेखित बुंदा वाहेक अन्य हकमा नगरपालिकाले तोके वमोजिम हुनेछ ।
निर्णय नं १३,
होटल, अस्पताल, लज, छात्रावास र व्यापारिक भवनको सम्वन्धमा निम्नानुसार गर्ने सहमती भयो ।
(क) कभरेज ५०%
(ख) FAR ३.५
(ग) सधियार तर्फ सेटव्याक ३ मिटर
(च) आवश्यक क्षमताको सैफटी टैंकी र सोक पिट अनिवार्य रुपमा वनाउनु पर्ने ।
(छ) अरनिको राजमार्गमा र आवासीय क्षेत्रमा ५ तल्ला सम्मका घरहरु नियमित / नक्शापास स्विकृत गर्न सकिनेछ तर त्यस्ता नियमित वा तल्ला थप गर्न आएका भवनहरुको स्ट्रकचरल ईन्जिनियरले ठिक छ भनि प्रमाणित गरेको कागजात पेश गर्नु पर्नेछ । ५ तल्ला भन्दा माथिको हकमा माटो परिक्षण प्रतिवेदन समेत राख्नु पर्नेछ ।
(ज) भूमिगत तल्ला भन्नाले चारै तर्फको जमिन सतहवाट पुरै तल्ला जमिन मुनी वा १.० मिटर मात्र माथी वनाईएको भवनको सवभन्दा तल्लो भाग सम्झनु पर्दछ ।
परिच्छेद-७
(उत्तरदायित्व र सजाय)
(१) यस विनियमले निर्धारण गरेको व्यवस्था अनुकुल निर्माण कार्य गर्ने सम्बन्धमा निर्माणकर्ता समेतका
पक्षहरुले बहन गर्नुपर्ने दायित्व देहायबमोजिम हुनेछ।
(क) यस विनियमले निर्धारण गरेको व्यवस्था अनुसार निर्माण कार्य संचालन गर्ने गराउने ।
जिम्मेवारी घरधनी (निर्माणकर्ता) को हुनेछ । घर धनीले भवन निर्माणको मापदण्ड पालना गर्न घरको डिजाईन कर्ता र निर्माण ठेकेदारलाई आवश्यक निर्देशन दिन सक्नेछ ।
(ख) निर्माण स्वीकृतका लागि पेश गरिने नक्शा र डिजाइन यस विनियमले निर्धारण गरेको मापदण्ड
अनुरुप डिजाईन गर्ने दायित्व भवन डिजाइनरको हुनेछ । सो बमोजिम दायित्व पालन नगरेमा वा डिजाइनरद्धारा दिइएको सिफारिस अट्ठा ठहरेमा त्यस्ता डिजाईनरलाई पहिलो पटक रु. ५०००।- ( पांचहजार) जरिवाना हुनेछ । र त्यस्तो जरिवाना नतिरेमा वा दोश्रो पटक दायित्व उल्लघंन गरेमा यस स्थानीय तहमा भएको निजको व्यावसायिक दर्ता खारेज गर्न सकिनेछ ।
(ग) संरचनाको स्थायित्वको लागि संरचना इन्जिनियर पूर्ण जिम्मेवार हुनेछ । यदि संरचनाको स्थायित्वको
लागि भवनको डिजाइन तथा स्पेसिफिकेशनमा कुनै गल्ति गरे संरचना इन्जिनियरको व्यवसायिक दर्ता खारेज गर्न सकिनेछ ।
(घ) तीन तल्ला र भरयान भन्दा बढी वा १००० वर्ग फिट ग्राउण्ड कभरेज हुने भवन निर्माणको विस्तृत
संरचना डिजाइन संरचना ५ बर्ष बढि अनुभव भएको सिभिल इन्जिनियर वा स्ट्रक्चरल इन्जिनियर द्धारा गराइएको हुनुपर्नेछ । साथै सवै आर.सी.सी. भागको डिजाइन समेत गरिएको हुनुपर्नेछ ।
(ङ) निर्माण कार्यमा निर्माणको डिजाइन तथा स्पेसिफिकेशन अनुरुपको उच्च गुणस्तर कायम राख्ने
जिम्मेवारी निर्माण ठेकेदारको हुनेछ । सो जिम्मेवारी पुरा नगरेमा वा विना नक्शा वा नक्शा विपरित निर्माण कार्य गरेमा १५० वर्ग मिटर भन्दा कम कभरेज भएका भवनको हकमा ठेकेदारलाई रु १०,०००।- (दश हजार) जरिवाना र १५० वर्ग मिटर भन्दा बढी कभरेज भएका भवनको हकमा त्यस्ता ठेकेदारलाई रु. ५०,००० (पचास हजार) जरिवाना गरी व्यवसायीक दर्ता समेत खारेज गर्न सकिनेछ।
५६. यस स्थानिय तहबाट निर्माण स्वीकृत भएका निर्माण कार्यहरु मापदण्ड अनुरुप भए नभएको सम्बन्धमा
खटाइएका प्राविधिक तथा जांचकी कर्मचारीले समय समयमा निरीक्षण गरिरहनु पर्नेछ । गलत सूचना दिइएमा वा फरक निर्माण भएको देखिएमा त्यस्ता कर्मचारी उपर आवश्यक प्रशासनिक कारवाही गरिनेछ।
५७. नक्शा स्वीकृत नगराई वा स्विकृत नक्शा विपरित निर्माण कार्य भएकोमा नगरपालिकाले भत्काउने आदेश
दिई निर्णय कार्यान्वयन भएको अवस्थामा अन्य कानूनी सजायका अतिरिक्त भत्काइएको सामान समेत जफत गर्न सकिनेछ।
५८. यस विनियमले तोकेको व्यवस्था पालन नगरी संचालन भएका उद्योग तथा व्यवसायलाई प्रचलित कानूनी
कारबाहीका अतिरिक्त त्यस्तो उद्योग व्यवसायको दर्ता खारेजको सिफारिस समेत गर्न सकिनेछ ।
५९. स्थानिय निकायको पूर्व स्वीकृति विना सार्वजनिक भू-भागका रुख विरुवाहरु काटे नासेमा रु. ५०००।
(पांच हजार जरिवाना गरी काटिएको रुख समेत जफत गरिने छ ।
६०. यो विनियम र प्रचलित ऐन नियम विपरित निर्माण कार्य गर्ने घर धनि वा निर्माणकर्तालाई यस स्थानिय
निकायबाट उपलब्ध गराइने भौतिक तथा प्रशासनिक सुविधाबाट बञ्चित गर्न सकिने छ।
६५. बाधा फुकाउ :
यस बिनियम कार्यान्वयन सिलसिलामा व्यवहारिक एवं प्राविधिक दृष्टिकोण बाट कुनै किसिमको फरक पर्ने भई समस्या उत्पन्न भएमा त्यस्तो समस्याको बाधा फुकाउन नगर प्रमुखले नक्शा पास सम्वन्धि नक्सा शाखा प्रमुख सहितको सुझाव समितिको व्यवस्था गरि सो सुझाव समितिको औचित्यताको राय सुझाव बमोजिम भवन निर्माण गर्न प्रमुख प्रशासकिय अधिकृतले वा निजले तोकेको प्रतिनिधीले नक्शा पास स्वीकृति दिन सकिनेछ । सडक सार्वजनिक चौर बाटो कुलो आदि सार्वजनिक सरोकारलाई असर नपर्ने गरि केहि हदसम्म नक्शामा फेरबदल गरि निर्माण भएको घरको नक्शा पास र निर्माण सम्पन्न माग गरेमा एक पटकको लागि अवस्था हेरि प्रमुख प्रशासकिय अधिकृत वा नगर प्रमुखले जरिवाना गरि दिन सकिनेछ ।